पेट्रोनास स्प्रीन्टा चाय पकोडा ब्रेकफास्ट राइड आयोजना हुँदै

  २०८० वैशाख ६ गते १७:२५     विकासन्युज

काठमाडौं । पेट्रोनास स्प्रीन्टा चाय पकोडा ब्रेकफस्ट राइड आयोजना हुने भएको छ ।

पेट्रोनास ल्युब्रिकेन्ट पेट्रोनास स्प्रीन्टा– चाइ पकौडा ब्रेकफास्ट राइडलाई इन्डियाको बाइक विक र काठमाडौं लेजेन्डको संयुक्त सहकार्यमा नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको छ ।

कम्पनीका अनुसार यसले प्राकृतिक ग्याँस साथै, पेट्रोलियम उत्पादनहरु सयौ देशमा बिक्री बितरण गर्दै आएको छ । यस मध्ये पेट्रोनास ल्युब्रिकेन्टले २ पांग्रे, ३ पांग्रे, ४ पांग्रे र अन्य सवारी साधनको साथै कारखानाहरुमा प्रयोग हुने ल्युब्रिकेन्ट आयल उत्पादन गरी बिक्री बितरण गर्दै आएको जनाएको छ ।

त्यस्तै, गरी ४ पांग्रेमा प्रयोग हुनेलाई प्रेटरोनास सिनीटम भनिन्छ र ठुलो गाडीमा लाग्ने इन्जिन आयललाई पेट्रोनास युरीनिया भनिन्छ । यस्का साथै हाइड्रोलिक आयललाई हाइड्रोसर भनिन्छ र टान्मीसन ओइललाई टुइटेला टन्मीसन भनिन्छ ।

कम्पनीका अनुसार शनिबार आयोजना हुने पेटरोनास स्प्रीन्टा चाइ पकौडा ब्रेकफास्ट राइड कार्यक्रम देश भरीका सबै २ पांग्रे सवारहरुको सहभागिता हुनेछ । यस कार्यक्रम भारतमा हुँदै आइरहेको पेटरोनास स्प्रीन्टा चाय पकोडा ब्रेकफास्ट राइड इन्डिया बाइक विकले समय समयमा बर्षै भरी नै आयोजना गर्दै आइराखेकोछ र यो संस्करण नेपालमा पहिलो पटक हुन गइराखेको छ ।

यस कार्यक्रममा देश भरका करिब १५० देखि २०० जना सवारहरुको सहभागी रहनेछ । पेटरोनास स्प्रीन्टा चाइ पकौडा ब्रेकफास्ट राइड ढुङ्गेअड्डा स्थित त्रिथुङ्गा कम्प्लेक्समाबिहान ८ बजेबाट शुरुभई धुलिखेल स्थित मीराबेल रिसोर्टमा ब्रेकफास्ट गरी समापन हुने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.