अमेरिकी टेलिभिजन फक्स न्युजले गलत समाचार प्रवाह गरेवापत ७८७ मिलियन डलर तिर्नुपर्ने

  २०८० वैशाख ६ गते १५:२२     विकासन्युज

एजेन्सी । अमेरिकी टेलिभिजन कम्पनी फक्स न्युजले गलत समाचार प्रवाह गरेवापत ७८७.५ मिलियन डलर रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनको क्रममा भोटिङ मेसिनको विषयमा प्रवाह गरेको समाचारलाई लिएर उक्त जरिवाना तिर्नुपर्ने भएको हो ।

उक्त राष्ट्रपतीय निर्वाचनको समयमा फक्स न्युजले भोटिङ मेसिन कम्पनी डोमियनले आफ्नो विषयमा गलत समाचार प्रसारण गरेको भन्दै अदालतसमक्ष मुद्दा दायर गरेको थियो । डोमियनले समाचारको कारण आफ्नो कम्पनीलाई ठूलो क्षति भएको भन्दै फक्स न्युजसँग १.६ मिलियन डलर मागदाबी गरेकोमा आधा रकम तिर्ने सहमति भएको जनाइएको छ । फक्स न्युजले निर्वाचनको समयमा तत्कालीन राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पका विरुद्ध भोटिङ मेसिन प्रयोग गरिएको भन्दै समाचार प्रसारण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.