कुमारी बैंकका ग्राहकले मासिक किस्तामा मेसिनरी सामाग्री किन्न सक्ने

  २०८० वैशाख ४ गते १८:५८     विकासन्युज

काठमाडौं । कुमारी बैंक र लभ कुश इनोभेसनबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको ब्रेडिट कार्डवाहकहरुले अब लभ कुश इनोभेसनबाट मेसिनरी सामाग्रीहरु खरिद गरी त्यसको भुक्तानी मासिक किस्तामा सजिलै गर्न सक्नेछन ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त बैंकले यो सहकार्य गरेको जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.