बैंकिङ ठूलो समस्याका बीच अगाडि बढिरहेको छ, बैंकरको आत्मबल घट्यो : अध्यक्ष केसी

  २०८१ वैशाख २७ गते १२:११     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ ठूलो समस्याका बीच अगाडि बढिरहेको बताएका छन् ।

एनएमबी बैंकका सीईओसमेत रहेका केसीलेबिहीबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा आयोजना गरेको राष्ट्रिय सम्मेलनै बैंकको ब्याजदर घटिरहेको र एकल दरमा ब्याजदर आइरहेको बताए ।

‘बैंकको नाफा घटिरहेको छ, आरओई ९ प्रतिशतको हाराहारीमा छ,’ उनले भने ५ खर्ब लगानीयोग्य रकम छ, यसले गर्दा हामी हरेक दिन नोक्सानी व्यहोरिहेका छौं, निजी क्षेत्रको आत्मबल घटेको छ, यसले बैंकिङ क्षेत्रमा असर गरेको छ ।’

उनले पूर्वाधार क्षेत्रमा निजी क्षेत्र तथा बैंक सँगसँगै हुनुपर्ने बताए । पूर्वाधार क्षेत्रमा अहिले खराबकर्जा बढिरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.