सिटिजन्स बैंकले बाल विकास समाजलाई गर्यो आर्थिक सहयोग

  २०८० वैशाख ४ गते १७:३७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले बाल विकास समाजका विधार्थीलाई आर्थिक सहयोग गरेको छ । बैंकले समाजका अथान बालबालिकालाई छात्रवृत्ती स्वरुप आर्थिक सहयोग गरेको हो ।

बैंकले समाजका इन्चार्ज गोविन्द विश्वकर्मालाई आर्थिक सहयो स्वरुप एक लाख पचास हजारको चेक हस्तान्तरण गरेका छन् ।

उक्त रकम बाल विकास समाजमा रहेका १०० जना बालबालिका मध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका कार्यक्रम इन्चार्ज गोविन्द विश्वकर्माले जानकारी दिए ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.