अमेरिकाको फ्लोरिडामा ६ हप्तापछिको गर्भपतन गर्न नपाइने

<p>एजेन्सी । अबदेखि अमेरिकाको फ्लोरिडा राज्यमा ६ महिना भन्दा माथिको गर्भपतन गर्न नपाइने भएको छ । फ्लोरिडाका गर्भनर रोन डेसेन्टिस (आर) ले गत बिहीबार राति ६ हप्ता पुरा भएको गर्भ पतन गर्न नपाइने कानूनमा हस्ताक्षर गरेका छन् । सो सँगै फ्लोरिडा गर्भपतनमा प्रतिवन्ध लगाउने पछिल्लो राज्य बनेको छ । फ्लोरिडा गर्भपतन गर्न चाहनेहरुको लागि उपयुक्त [&hellip;]</p>

एजेन्सी । अबदेखि अमेरिकाको फ्लोरिडा राज्यमा ६ महिना भन्दा माथिको गर्भपतन गर्न नपाइने भएको छ । फ्लोरिडाका गर्भनर रोन डेसेन्टिस (आर) ले गत बिहीबार राति ६ हप्ता पुरा भएको गर्भ पतन गर्न नपाइने कानूनमा हस्ताक्षर गरेका छन् । सो सँगै फ्लोरिडा गर्भपतनमा प्रतिवन्ध लगाउने पछिल्लो राज्य बनेको छ ।

फ्लोरिडा गर्भपतन गर्न चाहनेहरुको लागि उपयुक्त राज्य बनेको थियो । किनकी केही समय अगाडि देखि नै सो नजिकका अन्य राज्यहरु अलाबामा, जर्जिया, लुइसियाना र मिसिसिपीले गर्भपतन गराउने क्लिनिकहरुलाई बन्द गराएका थिए । फ्लोरिडा एलायन्स अफ प्लान्ड पेरेन्टहुड एफिलिएट्सका नीति निर्देशक एनी फिल्कोस्कीले एक्सियोससँग कुरा गर्दै सो निर्णयले अमेरिकाको दक्षिणी क्षेत्रमा ठूलो समस्या पर्न सक्ने भन्दै यसले आर्थिक समस्या समेत निम्त्याउन सक्ने बताएकी छन् ।

राज्यले लिएको निर्णयको विरुद्धमा महिला अधिकारवादीहरुले विरोध समेत जनाएका छन् ।

Share News