बिटक्वाइनको मूल्यमा भारी उछाल, ३० हजार डलर नाघ्यो

  २०८० वैशाख २ गते १६:०८     विकासन्युज

एजेन्सी । लामो समयसम्म ओरालो लागेको बिटक्वाइनको मूल्यमा पछिल्लो समय भारी उछाल देखिएको छ । केही अमेरिकी बैंकहरुमा देखिएको संकटसँगै उकालो लागेको बिटक्वाइनको यात्रा शनिबार ३० हजार चार सय ६६ डलर पुगेको छ ।

अमेरिकी फेडरल रिजर्बले बैंकिङ ब्याजदर वृद्धिको प्रकृयालाई रोक्ने अनुमान गरिएकोले लगानीकर्ताहरुले जोखिमपूर्ण क्षेत्रमा लगानी गर्न थालेका छन् । सोही कारणले बिटक्वाइनको पछिल्लो समय खरिद बिक्री बढ्दा मूल्य बढेर ३० हजार डलर नाघेको हो ।

शुक्रबार जारी गरिएको अमेरिकी ननफार्म पेरोल रिपोर्टले अमेरिकी अर्थतन्त्रमा अझै धेरै लचिलो अवस्था रहेको संकेत गरेको छ । पछिल्लो महिनामा देखिएको बैंकिङ संकटलाई लिएर ब्याजदरमा फेडरल रिजर्ब बैंक नरम बन्न सक्ने अनुमान गर्दै लगानीकर्ताहरु क्रिप्टोतर्फ आकर्षित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.