अञ्जन श्रेष्ठ महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित

  २०७९ चैत ३० गते १६:३९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उमेशलाल  श्रेष्ठले उनलाई वरिष्ठ उपाध्यक्षका लागि समर्थन गरेपछि उनी वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।
वरिष्ठ उपाध्यक्षका लागि तीन जनाबीच प्रतिस्पर्धा भएको थियो । रामचन्द्र संघई पहिलो चरणमा बाहिरिएपछि अञ्जन र उमेशलाल दोस्रो चरणमा प्रवेश गरेका थिए ।

दोस्रो चरणको निर्वाचनमा पुगेका अञ्जन श्रेष्ठ र उमेशलालबीच नयाँ नेतृत्वको लागि सहमति भएको हो । पहिलो चरणमा तीन प्रतिस्पर्धीमध्ये अञ्जनले ३७.९९ प्रतिशत, उमेशलालले ३१.५१ प्रतिशत र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत पाएका थिए । बढी मत ल्याउने उम्मेदवार अञ्जन र उमेशलालबीच पुनः निर्वाचनको प्रक्रिया थालिएको थियो ।

यसैबीच सहमतिको लागि निवर्तमान अध्यक्ष शेखर गोल्छा, नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्षमा अन्तिम दुई प्रतिस्पर्धी अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच बैठक बसेको थियो ।

लगत्तै दुई प्रतिस्पर्धी अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच अलगै बैठक बसेका थिए । विभिन्न चरणमा भएको छलफलपछि अञ्जनलाई उमेशलालले समर्थन गरेका हुन् ।

वर्तमान शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, पूर्व अध्यक्षसहितको भद्र सहमतिमा उमेशलालले अञ्जनलाई वरिष्ठ उपाध्यक्षका लागि समर्थन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.