महासंघ निर्वाचन : दुई श्रेष्ठबीच सहमति प्रयास जारी, मतदान गर्ने समय थपियो

  २०७९ चैत ३० गते १४:४४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दोस्रो चरणमा पुगेका उम्मेदवारबीच सहमतिको प्रयास भइरहेको छ । दोस्रो चरणमा पुगेका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच सहमितका लागि प्रयास भइरहेको महासंघ स्रोतले बताएको छ ।

दुवै उम्मेदवारबीच सहमतिको प्रयास जारी रहेकाले मतदानको समय पनि धकेलिएको छ । बिहीबार २ बजे शुरु हुने भनिएको मतदान २ घण्टा समय थपेर ४ बजे पुर्याएको जनाएको छ । महासंघ स्रोतका अनुसार दुवै उम्मेदवारबीच सहमतिका लागि छलफल भएकाले मतदानको समय सारिएको हो ।

पहिलो चरणमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईले वरिष्ठ उपाध्यक्षका लागि प्रतिस्पर्धा गरेका थिए । जसमा रामचन्द्र संघई पहिलो चरणको रिङबाट आउट भएका छन् । अब महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।

नेपाल उद्योग वाणिज्य महासंघको पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा पुनः मतदानमा जानु परेको हो । यदि दुवै उम्मेद्धारबीच सहमति भएमा मतदान हुने छैन । पहिलो चरणमा अञ्जन श्रेष्ठले कूल ३७.९९ प्रतिशत र उमेशलाल श्रेष्ठले ३१.५१ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.