मर्ज हुँदै आशा र राष्ट्र उत्थान लघुवित्त, गरे प्रारम्भिक सम्झौता

  २०७९ चैत ३० गते १२:१५     विकासन्युज

काठमाडौं । आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । जसको लागि उनीहरुले चैत २९ गते साझ प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यससँगै दुई कम्पनीले मर्जर प्रकृया अघि बढाएका छन् । हाल आशा लघुवित्तको ३८ करोड १६ लाख रुपैयाँ र राष्ट्र उत्थानको २६ करोड रुपैयाँ चुक्ता पुँजी छ । यदि दुई संस्था एक बराबर एकको अनुपातमा मर्ज भएमा चुक्ता पुँजी ६४ करोड १६ लाख रुपैयाँ नाघ्ने छ ।

आशा लघुवित्तको केन्द्रिय कार्यालय नुवाकोटको मदानपुरमा रहेको छ भने राष्ट्र उत्थानको केन्द्रिय कार्यालय कार्भेपलाञ्चोकको बनेपामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.