२ बजेपछि पुनः मतदान, ९ बजेसम्म मतपरिणाम सार्वजनिक हुने

  २०७९ चैत ३० गते ११:४६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका लागि पुनः मतदान हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकिएको हो ।

बुधबार जुन स्थानमा मतदान भएको थियो सोही स्थानमा पुनः मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बिहीबार साँझ ९ बजेसम्म मतपरिणाम समेत सार्वजनिक हुने जनाईएको छ ।

अञ्जन श्रेष्ठले वस्तु, जिल्ला र एशोसिएट गरी तीनै तर्फ कुल ३७.९९ प्रतिशत मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, उमेशलाल श्रेष्ठले ३१.५१ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए । तीनै उम्मेद्वारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि पुनः मतदान हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.