अञ्जन र उमेश दोस्रो चरणमा भिड्दै, संघई रेसबाट आउट

  २०७९ चैत ३० गते ११:२५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षको निर्वाचन पुनः हुने भएको छ । तोकिएको ५१ प्रतिशत मतभार कुनै पनि उम्मेदवारलाई नआएपछि पुनः मतदान हुने भएको हो ।

बरिष्ठ उपाध्यक्ष पदमा तीन जना भिडेका थिए । जसमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ पुनः मतदानमा जाने भएका छन् । रामचन्द्र संघई  १ प्रतिशतले प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

अञ्जन श्रेष्ठले वस्तु, जिल्ला र एशोसिएट गरी तीनै तर्फ कुल ३७.९९ प्रतिशत मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, उमेशलाल श्रेष्ठले ३१.५१ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए ।

जिल्ला नगर तर्फबाट कुल ११७ मत खसेको थियो । सोमध्ये महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठले ४७ मत, रामचन्द्र सघंईले ३९ मत र  उमेशलाल श्रेष्ठले २८ मत पाएका छन् ।

यस्तै, एसोशिएट तर्फ खसेको १ हजार ६ सय मत मध्य सबैभन्दा धेरै रामचन्द्र संघईले ६१३ मत ल्याएका छन् भने अन्जन श्रेष्ठले ५७३ र उमेश श्रेष्ठले ४२६ मत ल्याएका छन्। एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा १८ वटा मत बदर आएको छ ।

वस्तुगततर्फ खसेको कुल १२३ मत खस्दा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उमेशलाल श्रेष्ठले ६९ मत, अन्जनले ४१ मत र रामचन्द्र सघंईले १२ मत पाएका छन् भने एक मत बदर भएको थियो ।

जिल्लानगरको ५० प्रतिशत मतभार, एसोसिएट ३० प्रतिशत मतभार र बस्तुगतको २० प्रतिशत मतभार रहेको छ । त्यसकाे आधारमा बढी मत ल्याउने दुई प्रतिस्पर्धी बीच दोस्रो चरणको मतदान हुने भएको छ । दिउँसो २ बजेपछि मतदान हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.