महासंघ निर्वाचन : वस्तुगत संघतर्फको वरिष्ठ उपाध्यक्षमा उमेश अगाडी

  २०७९ चैत ३० गते ११:२१     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वस्तुगत संघतर्फको वरिष्ठ उपाध्यक्षको मतगणना सम्पन्न भएको छ । वस्तुगत संघमा वरिष्ठ उपाध्यक्ष पदका लागि १२३ मतमध्ये १२२ मत सदर भएको थियो । जसमध्ये सबैभन्दा धेरै उमेशलाल श्रेष्ठले सबैभन्दा धेरै मत ल्याएका छन् ।

कूल खसेको मतमध्ये अञ्जन श्रेष्ठले ४१ मत प्राप्त गरेका थिए । जसमध्ये उनको मतभार ६.७२ प्रतिशत रहेको छ । यस्तै, उमेशलाल श्रेष्ठले ६९ प्रतिशत मत प्राप्त गरेका थिए । उनको कूल सदर मतमध्ये ११.३१ प्रतिशत मतभार रहेको छ ।

त्यस्तै, रामचन्द्र संघईले १२ मत प्राप्त गरेका थिए । जसमा उनले ल्याएको मतको भार १.९६ प्रतिशत पाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.