महासंघ निर्वाचन : एक हजार मत गन्दा संघईको अग्रता कायमै

  २०७९ चैत ३० गते ९:३०     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना भइरहेको छ ।

सो क्रममा १ हजार मतगणना भइसक्दा पनि रामचन्द्र संघईको अग्रता कायम नै भइरहेको छ । एक हजार मतगणना हुँदा उनले ३९० मत ल्याएका छन् ।

यस्तै, अञ्जनकुमार श्रेष्ठले ३३२ र उमेशलाल श्रेष्ठले २५८ मत ल्याएका छन् । संघाईले अञ्जनलाई ६८ मत र उमेशलाई १३२ मतले पछि पारेका छन् ।

महासंघको नेतृत्व चयनका लागि कमलादीस्थित प्रज्ञा भवनमा भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.