महासंघ निर्वाचन : एशोसिएट सदस्यतर्फ सबैभन्दा धेरै मत थपलियालाई

  २०७९ चैत ३० गते ९:०६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको सदस्यमा सबैभन्दा धेरै मत डा. रामशरण थपलियाले पाएका छन् । थपलियाले १ हजार ४४० मत पाएका हुन् ।

यस्तै, दोस्रो धेरै मत मनोज पौडेलले पाएका छन् । पौडेलले १ हजार ३७३ मत पाएका छन् ।

एशोसिएटतर्फ सबैभन्दा धेरै मत पाउने १९ सदस्य विजयी भएका छन् । मतदाता संख्या १ हजार ७४८ रहेकोमा १ हजार ६५० मत खसेको थियो ।

एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् भनेजिल्ला नगर उपाध्यक्षमा संघाइ प्यानलका सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.