महासंघ निर्वाचन : अञ्जनको अग्रता, उमेश र रामचन्द्रले पछ्याउँदै

  २०७९ चैत ३० गते ८:२३     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको हो ।

वरिष्ठ उपाध्यक्षमा तीन उम्मेदवार अञ्जनकुमार श्रेष्ठ ,उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई प्रतिस्पर्धामा छन् । एक सय मत गणना हुँदा अञ्जनले ४०, उमेशले ३७ र राचन्द्रले २३ मत पाएका छन् ।

एफएनसीसीआई नयाँ नेतृत्व चयनका लागि भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको छ । अहिले एसोशिएट तर्फको मत गणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.