ब्याजदर घटाउने तर्फ लविङ गर्छु : ज्योत्सना श्रेष्ठ

  २०७९ चैत ३० गते ८:१९     विकासन्युज

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघकी नवनिर्वाचित एसोशिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले आफुले बढेको ब्याज घटाउनेमा लविङ गर्ने बताएकी छन् ।

निर्वाचितपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले अहिले उद्योगी व्यवसायलिे उच्च ब्याजदरको समस्या भोग्नु परेको बताउँदै अब आफु त्यसको समस्या समाधानका लागि काम गर्ने बताएकी हुन् ।

‘मत दान गर्ने सबैलाई धन्यवाद, अब म उद्योगी व्यवसायीको समस्या समाधानमा लाग्छु, अहिले ठूलो समस्याको रुपमा ब्याज देखिएको छ, ब्याज घटाउनका लागि म जोडदार रुपमा लविङ गर्छु,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.