अब्बल देखिँदै संघईको समूह, को बन्ला वरिष्ठ उपाध्यक्ष ?

  २०७९ चैत ३० गते ८:०४     विकासन्युज

काठमाडौं । नयाँ नेतृत्वका लागि भएको नेपाल उद्योग वाणिज्य महासंको मतपरिणाम रोचक बन्दै गएको छ । अहिलेसम्म जिल्लानगर, एसोशिएट र वस्तुगत तर्फको उपाध्यक्ष र सदस्यहरुको मतपरिणाम सार्वजनिक भएको छ । अब वरिष्ठ उपाध्यक्षको मत परिणाम सार्वजनिक हुन मात्रै बाँकी छ ।

वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ समूहका उम्मेदवार हेमराज ढकाल विजयी भएका छन् भने जिल्लानगरतर्फको उपाध्यक्ष रामचन्द्र संघईका उम्मेदवार सुरकृष्ण बैद्य निर्वाचित भएका छन् । एसोसिएटमा पनि संघईकै समूहबाट ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छिन् ।

बैद्यले आफ्ना प्रतिस्पर्धी दिनेश श्रेष्ठ र अरुणराज सुमार्गीलाई हराउँदै विजयी भएका छन् भने हेमराज ढकालले सुकुन्तलाल हिराचन र मनिषलाल प्रधानलाई पराजित गर्दै विजयी भएका छन् ।

यस्तै, ज्योत्सनाले उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठका साझा उम्मेदवार भरत आचार्यलाई पराजित गर्दै विजयी भइन् ।

वस्तुगततर्फ कुल १४ सदस्यहरुमध्ये उमेशलालको समूहबाट ८ जना निर्वाचित भएका छन् भने अञ्जनको समूहबाट ६ जना निर्वाचित भएका छन् । जिल्लानगरको सदस्यहरुमा भने उमेशलाल समूहबाटै बढी सदस्य निर्वाचित भएका छन् । जिल्ला नगरको सदस्यहरुमा उमेशलालको ११ र अञ्जनको ७ वटा सदस्य निर्वाचित भएका छन् । संघईको समूहबाट जिल्ला नगर समस्यमा कुनै पनि उम्मेदवार निर्वाचित हुन नसके पनि उपाध्यक्षको बाजी भने बैद्यले नै मारेका छन् ।

यस्तै, एसोशिएटमा अधिकांश तीन वटै प्यानलका साझा उम्मेदवारहरुले जित हासिल गरेका छन् । संघईले दुई उपाध्यक्ष हात पार्दा उमेशलाका एउटा उपाध्यक्षका उम्मेदवारले जित हासिल गरेका हुन् । अब वरिष्ठ उपाध्यक्षको मतगणना पनि रोचक हुने देखिएको छ ।

संघई आफ्नो पोल्टोमो परिणाम आउनेमा विश्वस्त छन् भने वरिष्ठ उपाध्यक्षका अर्का दुई उम्मेदवार उमेशलाल र अञ्जन पनि जित्नेमा विश्वस्त छन् । संघईले आफ्नाे दुई उपाध्यक्षले जितेकोले आफुले पनि जित्ने सम्भावना बढेको बताएका छन् ।

यसअघि अधिकांशले संघईको जिल्लानगरमा कमजोर उपस्थिति रहेको तर्क दिइरहेकाे बेला बैद्यले जिल्ला नगर र साझा उम्मेदवारलाई समेत ज्योत्सनाले हराउँदा संघईलाई पनि वरिष्ठ उपाध्यक्षमा जित्ने आशा  पलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.