एसोशिएट उपाध्यक्षमा ज्योत्सनाको जित, साझा उम्मेदवार आचार्य पराजित

  २०७९ चैत ३० गते ७:४५     विकासन्युज

काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोशिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । उनले साझा उम्मेदवार भरत आचार्यलाई पराजित गरेकी हुन् ।

श्रेष्ठले ८४६ मत पाएकी छन् भने आचार्यले ७९१ मत पाएका छन् । श्रेष्ठले ५५ मतले जितेकी हुन् ।

उनी रामचन्द्र संघईको समूहबाट उम्मेदवार बनेकी थिइन् भने आचार्य र उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको समूहबाट उम्मेदवार बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.