२०७९ चैत २९ गते १३:२५ विकासन्युज
काठमाडौं । जेनेसिस इभेन्टसको क्यलन सार्वजनिक भएको छ । जेनेसिस इभेन्टसको पहिलो प्रस्तुति रहेको ‘सपनाको घर’ क्यलन सार्वजनिक भएको हो ।
उक्त गीतमा नव गायक आरोहण श्रेष्ठको शब्द, रचना तथा गायनमा तयार भएको गीतको म्युजिक भिडीयोमा नायिका नम्रता सापकोटा तथा नायक शिशिर शिवाकोटीको अभिनय रहेको छ । प्रेम कथामा आधारीत म्युजिक भिडियोमा रोशन मर्हजन र अनिष तामाङ्गको छायांकन रहेको छ ।
इलाम, झापा र काठमाडौंका मनोरम दृश्यहरु समावेश गरिएको गीतमा बज्र क्रियशनका कोबिद बज्र र बिकेश बज्रको संगीत रहेको छ । म्युजिक भिडियोलाई निर्देशक नारायण प्रधानले निर्देशन गरेका हुन ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.