लोक सेवाले माग्यो खरिदारका लागि ठुलो संख्यामा कर्मचारी

  २०७९ चैत २९ गते ११:५६     विकासन्युज

काठमाडौं । जगिर खोज्नेहरुको लागि खुसिको खबर छ । लोक सेवाले देशभरका लागि २४४ जना खरिदार माग गरेको हाे ।

लोक सेवा आयोगले देशभरका विभिन्न कार्यालयबाट प्राविधिक तथा स्वास्थ्य सेवा क्षेत्रमा चौथो तह खरिदारमा २४४ जना कर्मचारी माग गरेको छ । आयोगले आज सूचना जारी गर्दै देशभरका लोकसेवा कार्यालयबाट खरिदार पदका लागि कर्मचारी माग गरेको हो ।

उक्त्त सूचनाअनुसार लोकसेवा आयोग धनकुटा कार्यालयले ३३ जना कर्मचारी माग गरेको छ । त्यसैगरी, इलाम कार्यालयले १२ जना, खोटाङ कार्यालयले १५ जना, जलेश्वर कार्यालयले १२ जना, काठमाडौं कार्यालयले ५४ जना, हेटौंडा कार्यालयले १५ जना, पोखारा कार्यालयले १० जना र बाग्लुङ कार्यालयले ८ जना कर्मचारी माग गरेका छन् ।

त्यसैगरी, लोक सेवा आयोग बुटवल कार्यालयले १८ जना, दाङ कार्यालयले १८ जना, सुर्खेत कार्यालयले १० जना, जुम्ला कार्यालयले ७ जना, दिपायल कार्यालयले १० जना र महेन्द्रनगर कार्यालयले २२ जना कर्मचारी माग गरेका छन् ।

आयोगअनुसार परिक्षा लिखित, प्रयोगात्मक र अन्तवार्ता हुनेछ । आवेदनका लागि आयोगले ५ सय रुपैयाँ दस्तुर तोकेको छ । त्यसका समावेशी समूहतर्फक थप आवेदन बुझाउने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि १५० रुपैयाँ लाग्नेछ ।

इच्छुक व्यक्तिले वैशाख १९ गतेसम्ममा दिन सक्नेछन् । त्यसमा दोब्बर दस्तुर तिरेर भने वैशाख २५ गतेसम्ममा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.