मतपत्रमा विवाद हुँदा उद्योग वाणिज्य महासंघको मतदान ढिला

  २०७९ चैत २९ गते ९:१०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को मतदान केही ढिला हुने भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ८ बजेबाट सुरु हुने भनिएको मतदान सुरु हुन अझै केही समय लाग्ने भएको हो ।

प्रज्ञा प्रतिष्ठानका कर्मचारीले हल खोल्न ढिला गरेका कारण मतदान ढिला भएको मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिएपनि मतपत्रमा विवाद हुँदा मतदान ढिला भएको हो ।

मतपत्रमा विवाद भएपछि मतदान सुरु हुन अघि सर्वपक्षीय बैठक बोलाइएको छ । बैठकले निर्णय गरेपछि मात्र मतदान सुरु हुने र यसको लागि अझै एक घण्टा लाग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.