विजय लघुवित्तको २१ प्रतिशत लाभांश पारित, नयाँ सारथीसँग बराबर हैसियतमा मर्ज हुने

  २०७९ चैत २८ गते १९:३१     विकासन्युज

काठमाडौं । विजय लघुवित्त वित्तिय संस्थाको प्रस्तावित २१.०५२६ प्रतिशत लाभांश पारित भएको छ । चैत २८ गते सम्पन्न संस्थाको दशौं वार्षिक साधारण सभाले आर्थिक वर्ष ०७८/०७९ को नाफाबाट सेयरधनीलाई २० प्रतिसत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिसत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको छ ।

यससँगै, संस्थाको कायम जारी तथा चुक्ता पुँजी ३८ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

सभाले विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने र गाभिने वा मर्जरमा जाने प्रस्तावलाई स्वीकृति दिएको छ । दुई संस्थाबीच सेयर आदान प्रदान अनुपात १ः१ (एक सेयर बराबर एक सेयर) लाई स्वीकृत प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले वित्तीय संस्थाको आ.व. २०७८/०७९ को संचालक समितिको प्रतिवेदन, २०७९ असाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ.व.२०७८/०७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गरिएको छ । उक्त साधारण सभाले आ.व. २०७९/०८० मा लेखा परिक्षण कार्य गर्नका लागि विदुर एसोसियट्सका सिए विदुर लुईटेललाई नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.