टीम घोषणा गर्दै अञ्जनले भने : व्यवसायमा सफल छु, महासंघलाई पनि जिवन्त बनाउन उम्मेदवारी

  २०७९ चैत २२ गते १५:२६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को को आगामी निर्वाचनका लागि अञ्जन श्रेष्ठले प्यानल घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्षका लागि मंगलबार मनोनयन दर्ता गरेका उनले बुधबार आफ्नो टीम घोषणा गरेका हुन् ।

उनको टीममा जिल्लानगर उपाधयक्षमा अरुणराज सुमार्गी, वस्तुगत उपाध्यक्षमा मनिशालाल प्रधान र एसोशिएट उपाध्यक्षमा भरतराज आर्चाले उम्मेदवारी घोषणा गरेका छन् । आचार्य अञ्जन र उमेशलाल समूहको संयुक्त उम्मेदवारको रुपमा अगाडि बढेका छन् ।

चैत २९ गते हुने निर्वाचनका लागि श्रेष्ठले उम्मेदवारी घोषणा गर्दै समूहको वाचापत्र पनि सार्वजनिक गरेका छन् । वाचापत्र सार्वजनिक गर्दै उनले जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्रको लागि आफुले उम्मेदवारी दिएको बताए ।

श्रेष्ठले स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्दै औद्योगिक विकासमा अगाडि बढ्नु पर्ने बताए । नेपाल जस्तो मुलुकमाकुनै पनि व्यवसाय टिकाउनको लागि व्यवसायविस्तार गर्न जरुरी भएको भन्दै श्रेष्ठले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्ने बताए ।

महासंघलाई नयाँ उचाईमा पुर्याउन र संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन आफ्नो वाचापत्रलाई आधार मानेर काम गर्ने उनले स्पष्ट पारे ।

आफ्नो टिमले सहभावना र सहकार्यको मुलआधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचानदिलाउने प्रतिबद्धता उनले जाहेर गरे । यस्तै, उनले आफुले सम्हालेका विभिन्न व्यवसायहरु सफल रुपमा अगाडि बढेको बताउँदे महासंघको नेतृत्व गर्ने अवसर पाएमा महासंघलाई पनि थप उचाइमा पुर्याउने बताए ।

श्रेष्ठले व्यवसायीको समस्या समाधानको लागि आफुले उम्मेदवारी दिएको बताउँदै व्यवसायीहरुको समस्या समाधान गर्नको लागि सबल नेतृत्व चाहिएको र ती समस्या समाधानको लागि आफु अब्बल भएको दाबी गरे ।

रेमिट्यान्सले मात्रै अर्थतन्त्रमा सुधार नल्याउने बताउँदै तत्काल ब्याज घटाउने विषयमा र तरलताको समस्या समाधानका लागि काम गर्न आवश्यक रहेको धारणा राखे ।

यस्तै, कार्यक्रममा नेपाल अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष धुव्र थापाले महासंघलाई हाक्न अन्जन श्रेष्ठ नै चाहिने बताए । ‘चानचुने नेतृत्वले महासंघ हाक्न सक्दैन, अञ्जन श्रेष्ठ नै चाहिन्छ,’ उनले भने, ‘व्यवसाय कसरी गरिरहेको छ, व्यवसाय कसरी हाँकिरहेको छ भन्ने विषयमा जानकार हुनु पर्छ ।’

उनले अन्जन श्रेष्ठको नेतृत्व गर्न सक्षम भएको र सबैको भावना बुझ्न सक्ने भएकोले यस पटक अञ्जन श्रेठलाई वरिष्ठ उपाध्यक्षमा विजयी गराउन आग्रह गरे । श्रेष्ठको समूहलाई गण्डकी र लुम्बिनी प्रदेशका अध्यक्षहरुको साथ रहेको देखिएको छ भने महासंघका तीन पूर्व अध्यक्षहरुको पनि सहभागिता हुँदा उनीहरुको पनि साथ रहेको बुझिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.