संकटमा गएको अर्थतन्त्र सुधारका लागि कप्तानी गर्छु : उमेशलाल श्रेष्ठ

  २०७९ चैत २० गते १७:४८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले संकटमा गएको अर्थतन्त्र सुधारका लागि कप्तानी गर्ने बताएका छन् ।

सोमबार ललितपुरमा भएको एक कार्यक्रममार्फत टीम घोषणा गर्दै उनले आर्थिक काँचली फेर्नका लागि निस्वार्थ काम गर्ने बताए ।

‘म फोटो खिच्नका लागि मात्रै महासंघमा जान लागेको होइन, समस्या समाधानका लागि जान लागेको हुँ,’ उनले भने ।

उनले कोरोनापछि बैंकहरुले आँखा चिम्लेर लगानी गर्दा तरलताको समस्या आएको बताउँदै समस्या समाधानको लागि टेबल टक गर्नुपर्ने बताए । उनले आफु निडर स्वभावको रहेको र सरकारसँग निडर गर्ने बताए ।

यस्तै, उनले लाटो, बहिरो महासंघ नबनाउनका लागि आफुलाई भोट गर्न अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.