नोट अरुबाट लिनुस्, भोट हाम्रो समूहलाई दिनुस् : दिनेश श्रेष्ठ

  २०७९ चैत २० गते १७:०८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्लानगर उपाध्यक्षतर्फका उम्मेदवार दिनेश श्रेष्ठले आफ्नो समूहलाई भोट दिन आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा उमेशलाल श्रेष्ठको टीमबाट उम्मेदवारी घोषणा गर्दै उनले निर्वाचनका क्रममा जे जस्तो प्रभाव पार्ने गतिविधि भएपनि भोट भने आफ्नो टिमलाई दिन आग्रह गरेका हुन् ।

‘अहिले निर्वाचनका लागि अन्य साथीहरु उठ्नु भएको छ, उनीहरुले जे दिएपनि लिनुस् तर भोट हामीलाई हाल्नुस्,’ उनले भने ।

उनले व्यवसायीको काम गर्न नसकेमा राजीनामा दिने पनि बताएका छन् । ‘अहिलेका समस्या निराकरणका लागि खटिएर काम गर्छौं, यो समूहलाई विजयी गराएमा महासंघ अझ शसक्त बन्नेछ,’ उनले भने ।

यस्तै, उनले अर्थतन्त्र चलायमान गर्न, ब्याजदर घटाउन र कर घटाउने विषयमा लविङ गर्ने जिम्मेवारी आफ्नो टिमले लिने बताएका छन् । उनीले विभिन्न जिल्ला नगर संघहरुले संघ चलाउन नसकेको अवस्थालाई पनि समाधान गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.