अझै पनि समय छ, सर्वसम्मत चयनको प्रयास गरौं : भरतराज आचार्य

  २०७९ चैत २० गते १६:३४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएट उपाध्यक्षतर्फका उम्मेदवार भरतराज आचार्यले सर्वसम्मत चयनको प्रयान गर्न आग्रह गरेका छन् । सोमबार काठमाडौंमा उमेशलाल श्रेष्ठको टीमबाट उम्मेदवारी घोषणा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अझै पनि समय भएको बताउँदै मिलेसम्म सर्वसम्मत चयनको प्रयास गर्न आग्रह गरेका छन् । ‘नेतृत्व सर्वसम्मत गरौं भन्ने भनाइ थियो, अहिले पनि त्यही छ, अझै समय छ, मेरो सबैलाई अनुरोध छ,’ उनले भने ।

श्रेष्ठले एक दशकदेखि महासंघमा विभिन्न तहमा आवद्ध भएर काम गरिरहेको बताए । आफुले श्रमिकको हकहितमा काम गरेर राम्रो अनुभव हासिल गरेको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.