महासंघको खातामा २० करोड बचत, ‘अब विदेशी दातृसँग हात फैलाउनु नपर्ने’

  २०७९ चैत १९ गते १८:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्षका उम्मेद्वार सुकुन्तलाल हिराचनले अब विदेशी दातृसँग हात फैलाउनु नपर्ने बताएका छन् । आइतबार आइतबार काठमाडौंको एक होटलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महासंघसँग २० करोड खातामा रहेकोले अब विदेशी दातृसँग हात फैलाउनु नपर्ने बताएका हुन् ।

‘२० करोड महासंघको खातामा छ, अब कार्यक्रम गर्न कसैको मुख ताक्नु पर्दैन, विदेशी दातृ निकायसँग सहयोग माग्नु पर्दैन, पहिले पैसा मागेपछि केही झुक्नु पर्थ्यो तर अब झुक्नु पर्दैन, उनले भने- ‘आफ्नै खुट्टामा उभिएका छौं ।’

हाल महासंघको कोषाध्यक्ष समेत रहेको हिराचनले पहिले विभिन्न संस्थाबाट पैसा माग्ने गरेको तर अब आवश्यकता नभएको जानकारी गराए । अब महासंघमा आर्थिक संकट नहुने पनि उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.