नेपालको अर्थतन्त्रको ३ प्रतिशत हिस्सा मेरो छ, १८ हजारलाई रोजगारी दिएको छु : रामचन्द्र संघई

  २०७९ चैत १९ गते १८:१६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका आसन्न निर्वाचनका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले नेपालको अर्थतन्त्रको तीन प्रतिशत हिस्सा आफ्नो रहेको दावी गरेका छन् । आइतबार काठमाडौंको एक होटलमा आफ्नो उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले सो दावी गरेका छन् ।

त्यस्तै, उनले १८ हजार जनालाई रोजगारी दिएको समेत बताएका छन् ।

२०२२ सालमा संघ स्थापित हुँदाको तुलनामा नेपालको अर्थतन्त्र अहिले झण्डै १०० गुणाले वृद्धि भएर ४५ खर्ब पुगेको उनले बताएका छन् । त्यतिबेला केही हजारको संख्यामा रहेका उद्यमी व्यवसायीको संख्या अहिले १० लाख हाराहारी पुगेको छ । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको लगानी, भूमिका र योगदानको हिस्सा झण्डै ८० प्रतिशतको हाराहारी पुगेको अनुमान वरिष्ठ उपाध्यक्ष सघाईले गरेका छन् ।

साथै, उनले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै ३ विषयलाई मूल मुद्दा बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । जसमा संगठनात्मक सुधार र समन्वय, २. कानून तथा नीति कार्यान्वयन तथा सुधार एवं परिवर्तनका लागि पहल तथा पैरवी र आर्थिक विकास र अर्थतन्त्र सुधार गरी तीन वटा मुद्दा बनाएर काम गर्ने उनको प्रतिवद्धता छ ।

यस्तो छ संघईको घोषणापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.