भारतमा बेरोजगारीदरमा उच्च वृद्धि, आठ प्रतिशत पुग्यो

  २०७९ चैत १९ गते १०:४२     विकासन्युज

काठमाडौं । पछिल्लो समय भारतको बेरोजगारीदरमा उच्च वृद्धि हुन पुगेको छ । पछिल्लो तीन महिनामा बेरोजगारीदरमा वृद्धि भएर ७.८० प्रतिशत पुगेको भारतीय मिडियामा रिपोर्ट प्रकाशित भएको छ ।

सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमीले शनिबार भारतको बेरोजगारीदरको आंकडा प्रस्तुत गरेको छ । तथ्यांक अनुसार मार्च महिनामा भारतको शहरी क्षेत्रमा बेरोजगारीदर ७.९३ प्रतिशतबाट बढेर ८.५१ प्रतिशत पुगको छ । त्यस्तै भारतको ग्रामिण क्षेत्रमा पछिल्लो समयमा बेरोजगारीदर ७.४७ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ ।

रिपोर्ट अनुसार मार्च महिनामा छत्तिसगढमा सबैभन्दा कम ०.८ प्रतिशत र सबैभन्दा बढी हरियाणामा २६.८ प्रतिशत बेरोजगारीदरमा वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.