अर्थमन्त्रीले सेयर बजार र घरजग्गाको विषयमा मुख खोले

<p>काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले घट्दै गएको सेयर बजारको विषयमा चिन्ता व्यक्त गरेका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री महतले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या र यसले सेयर बजार र घरजग्गा कारोबारमा सुस्तता आएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले आफुले अब अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सबै निकायहरुसँग [&hellip;]</p>

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले घट्दै गएको सेयर बजारको विषयमा चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री महतले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या र यसले सेयर बजार र घरजग्गा कारोबारमा सुस्तता आएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

उनले आफुले अब अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सबै निकायहरुसँग समन्वय गरेर काम गर्ने उनको भनाइ छ । उनले वर्तमान चुनौति समाधानका लागि जस्तोसुकै निर्णय गरेर पनि अगाडि बढ्ने बताए ।

‘एक्लैले केही गर्न सकिँदैन, सबैसँग सहकार्य गरेर अगाडि बढ्छु, वर्तमान समस्या समाधानका लागि मलाई सबैको सहयोग आवश्यक छ, ‘लगानीको वातावरण सुधार गर्न राष्ट्र बैंकको मूख्य भुमिका छ, राष्ट्र बैंकको पनि मलाई सहयोग चाहिन्छ, हामीले मिलेर काम गर्नु पर्छ,’ उनले भने ।

Share News