अर्थमन्त्रीले गभर्नरसँग भने : मिलेर काम गरौं

  २०७९ चैत १७ गते १७:१५     विकासन्युज

काठडमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत गभर्नर महाप्रसाद अधिकारीलाई मिलेर अगाडि बढ्नु पर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री महतले वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधानका राष्ट्र बैंकसहित सबै निकायले एक आपसमा समन्वय गरेर काम गर्नु पर्ने बताएका हुन् ।

अहिले अर्थतन्त्रका विषयमा देखिएको निराशालाई आशामा बदल्न सबैले सहकार्य गर्नु पर्ने उनको धारणा थियो ।

पछिल्लो समय अर्थमन्त्री र गभर्नरबीच सम्बन्ध बिग्रिँदा आर्थिक नीति र मौद्रिक नीतिबीच तालमेल हुन नसकेको धेरेको बुझाइ थियो । पूर्व अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच पनि सम्बन्ध बिग्रेको चर्चा थियो । अहिले अर्थमन्त्री महतले सुरुमै उनीसँग सम्बन्ध सुधारको आग्रह गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.