नयाँ वर्षमा एलजीका सामान किन्दा ३५ प्रतिशतसम्मको क्यासब्याक

  २०७९ चैत १७ गते १७:३२     विकासन्युज

काठमाडौं । एलजीले नयाँ वर्षमा नयाँ अभियान शुभकामना जीवनभरको जारी गरेको छ । यस अभियानले एलजीका कुनै पनि सामानको खरिदमा क्यासब्याक र पक्का उपहार योजना लिएर आएको छ ।

उपहार योजना अन्तर्गत एलजीका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स्ले एलजी होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्म बढी क्यासब्याक र पक्का उपहारहरु प्रदान गरेको छ ।

एलजी होम इन्टरटेन्मेन्ट अन्तर्गतको योजनामा विश्वकै उत्कृष्ट एलजी ओलेड टिभी, एलजी युएचडी टिभी, वाइरलेस स्पीकर, साउन्ड बार र होम अडियोको खरिदमा ग्राहकहरुले ३५ प्रतिशतसम्म बढी क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओभन वा एयर फ्रायर, एलजी डबल डोर रेफ्रिजेरेटरको खरिदमा मिक्सर वा गिफ्ट सेट, एलजी डबल डोर ९३६० लिटरसम्म रेफ्रिजेरेटरको खरिदमा फ्यान, ह्यान्ड ब्लेन्डर वा कुकर पाउँनेछन् ।

यस्तै, एलजी फ्रन्ट लोड वाशिङ मेसिन ९१० केजी र माथिको खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन ९९ केजी सम्मको खरिदमा डिटरजेन्ट पाउडर, एलजी टप लोडरटिक्न टब वाशिङ मेसिनको खरिदमा केटल वा नन स्टीकी फ्राइ प्यान, एलजी डिस वासरको खरिदमा डिसवासर किट र एलजी एयर प्युरिफायरको खरिदमा एयर फ्रायर प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, एलजी माइक्रोवेभ ओभनको खरिदमा ग्राहकहरुले फ्री खाना पकाउने कीट प्राप्त गर्न सक्नेछन् ।
यस अफरमा एलजी सिङ्गल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा क्यासब्याक प्राप्त गर्नेछन् ।

त्यस्तै एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले क्रमश ४ हजार रुपैयाँ र ५ हजार रुपैयाँको निशुल्क स्थापना सेवा पाइनेछ । यो योजना चैत्र १२ गते देखि सीमित अवधीको लागि लागु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.