२०७९ चैत १७ गते १७:०६ विकासन्युज
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । शुक्रबार कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्याटिलको कार्यालयमा बाँटफाँट भएको हो ।
मागभन्दा बढीको आवेदन परेपछि कम्पनीले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट १० कित्ताको दरले सेयर वितरण गर्दा ३ लाख ५८ हजार १७६ जनाले मात्रै सेयर पाएका छन् ।
कम्पनीको आईपीओमा कुल १४ लाख ४४ हजार ९७८ जनाको आवेदन परेको थियो । जसमध्ये ५१ हजार ८२५ जनाको आवेदन रद्द भई १३ लाख ९३ हजार १५३ जना योग्य आवेदक भएका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.