२०७९ चैत १७ गते १६:४४ विकासन्युज
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लाभांश पारित भएको छ । बैंकको १८ औं वार्षिक साधारण सभाबाट प्रस्तावित ८।९७ प्रतिशत लाभांश पारित भएको हो ।
बैंकको संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८।५३४ प्रतिशत बोनस सेयर र ०।४४९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
साथै, सोही साधारण सभा मार्फत संस्थापक र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्न ६ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन् ।
संस्थापक तर्फबाट उज्जवल सत्याल, सुशिल काजी बानियाँ र सुजन सिद्धि बज्राचार्य निर्वाचित भएका छन् भने सर्वसाधारणको तर्फबाट लिसा शेरचन, गंगा सागर ढकाल र नरेश ढुंङगाना निर्वाचित भएका छन् ।
बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएमबाट बैंकिङ सेवा दिँदै आइरहेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.