२०७९ चैत १७ गते १५:३६ विकासन्युज
काठमाडौं । अबदेखि बैंक तथा वित्तीय संस्थाले वित्तीय साक्षरता तथा बैंकिङ्ग शिक्षा सम्बन्धी समाग्री सम्प्रेषण गर्दा संस्थाको सेवाको प्रचार प्रसार वा विज्ञापन गर्न नपाइने भएको छ । शुक्रबार राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन २०७९ जारी गर्दै आफ्नो सेवाको विज्ञपान गर्न रोक लगाएको हो ।
‘संस्थाले वित्तीय साक्षरता सम्बन्धी अध्ययन सामग्री सम्प्रेषण गर्दा आफ्ना सेवाको विज्ञापन गर्ने, संस्थाको ब्राण्डिङ्ग गर्ने, व्यापारीक क्याम्पेन गर्ने नभई मूलतः उपयोगी वित्तीय ज्ञान तथा सीप विकास गर्नेमा केन्द्रित हुनुपर्नेछ,’ राष्ट्र बैंकले भनेको छ ।
व्यत्तिगत सञ्चार र परामर्श, पत्रपत्रिका, रेडियो तथा एफ.एम., टेलिभिजन (साधारण नेपाली तथा स्थानिय भाषामा), सामुहिक प्रस्तुति र वार्ता कार्यक्रम, सामाजिक सञ्जाल, वेभसाईट, मोवाइल एप्लीकेशन, प्रकाशनहरु, पम्प्लेट, बुकलेट, हाते किताब, गीत, संगित, कथा, कविता, कमिक आदि, मोवाइल लाइब्रेरी, डिजिटल बोर्ड, कलर रिङ्ग ब्याक टोन (सीआरबिटी), तालिम (पाठ्य सामाग्री), अनलाईन खेलकुद, प्रतियोगिता र पाठ्य सामाग्रीज्ञ) शैक्षिक भ्रमण, नाटकबाट वित्तीय साक्षरता गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार वित्तीय साक्षरता मार्गदर्शन २०७९ जारी गरेको हो । वित्तीय साक्षरताको अभियानमा बैंक तथा वित्तीय संस्थाहरूको समेत भूमिका वृद्धि गर्न निर्देशन जारी गरेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.