लगानी व्यवस्थापनमा काम गर्दै नेशनल एकेडेमी, वैशाखबाट सेवा सञ्चालन हुने

  २०७९ चैत १७ गते १४:०८     विकासन्युज

काठमाडौं । लगानी व्यवस्थापनमा नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेजले वैशाखबाट सेवा दिने भएको छ ।

पूर्व बैंकर र विशेषज्ञहरुको टिमले संचालमा ल्याएको एकेडेमीले बैंक र ऋणीबीच बढ्दो दुरी र असमझदारीलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सेवा सुरु गर्न लागेको कम्पनीका संस्थापक अध्यक्ष रमेश कुमार भट्टराईले बताए ।

‍’यस्तो संकटपूर्ण र एक अर्का प्रति अविश्वास भएको बेला विश्वासिलो माध्यस्थकर्ताको आवश्यकता हुन्छ, त्यही आवश्यकता पूर्तिको लागि पूर्व बैंकर र विशेषज्ञहरुको टिम बनाएर आउँदो बैशाखबाट कारोबार संचालन गर्न लागेका हौं,’ उनले भने ।

‘आर्थिक मन्दीको कारण देशमा बन्द तथा समस्यामा परेका उद्योग व्यवसायलाई सल्लाहकार सेवा दिने तथा विशेषत बैंक र ऋणी वीचको असमझदारी हटाउन समन्वय कर्ता तथा मध्यस्थकर्ताको भूमिका खेल्ने र खराव कर्जा व्यवस्थापनमा विशेषज्ञ सेवा प्रदान गर्ने लक्ष्य लिएका छौं,’ उनले थपे ।

नेशनल एकेडेमीको टिममा नेपाल बैंक र कृषि विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप साह, महालक्ष्मी फाइनान्स र विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, प्रुडेन्सियल फाइनान्स, यूनाइटेड फाइनान्स र सिद्धार्थ विकास बैंकमा पूर्व प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र, विरगंजका चार्टर्ड एकाउन्टेन्ट अरविन्द खेतान, अधिवक्ता छविलाल घिमिरे, आइटी इन्जिनियर रितेश भट्टराईको टिम बनाएको कम्पनीले जनाएको छ ।

एकेडेमीले मुलतः संचालनमा रहेको कम्पनी र संघ संस्थाको विकासको लागि काउन्सलिङ, कन्सलटेन्सी र कोचिङ गर्ने उद्देश्य लिएको छ ।

यसका साथै संभावना अनुसारको नयाँ व्यवसायको खोजी गर्ने, स्टार्टअप व्यवसायलाई सघाउ पुर्‍याउने र संचालनमा रहेको कम्पनी, संघ संस्थालाई बलियो बनाउन आफ्नो टिमबाट विशेषज्ञ सेवा दिने एकेडेमीको उदेश्य रहेको भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.