सूर्यज्योति लाइफले ४८ आना घरजग्गा खरिद गर्ने

<p>काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले घर तथा जग्गा खरिद गर्ने भएको छ । कम्पनीले केन्द्रिय कार्यालयका लागि घरजग्गा खरिद गर्ने भएको हो । कम्पनीको केन्द्रिय कार्यालयको लागि काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रहरु मध्ये कुनै एक स्थानमा जग्गा वा घरजग्गा खरिद गर्ने जनाएको छ । कम्पनीले नयाँबजार, लाजिम्पाट, उत्तरढोका, नागपोखरी, कमलपोखरी, नक्साल, गैहिधारा, हात्तिसार, वालुवाटार, [&hellip;]</p>

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले घर तथा जग्गा खरिद गर्ने भएको छ । कम्पनीले केन्द्रिय कार्यालयका लागि घरजग्गा खरिद गर्ने भएको हो ।

कम्पनीको केन्द्रिय कार्यालयको लागि काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रहरु मध्ये कुनै एक स्थानमा जग्गा वा घरजग्गा खरिद गर्ने जनाएको छ । कम्पनीले नयाँबजार, लाजिम्पाट, उत्तरढोका, नागपोखरी, कमलपोखरी, नक्साल, गैहिधारा, हात्तिसार, वालुवाटार, विशालनगर, भाटभटेनी, महाराजगञ्ज, चाबहिल, गौशाला, बत्तिसपुतली, डिल्लीबजार, ज्ञानेश्वर, नयाँ बानेश्वर, तिनकुने, सोल्टीमोड, कालिमाटी, बल्खु, माइतीघर, थापाथली, चाकुपाट, कुपण्डोल, पुल्चोक, जावलाखेल, कुमारीपाटी, सानेपा, बखुण्डोल, सातदोबाटो, बालकुमारी लगायतका क्षेत्रमध्ये एक ठाउँमा खरिद गर्ने भएको हो ।

सो एक किलोमिटरको दूरीसम्म हुनुपर्ने कम्पनीले जनाएको छ । घर जग्गा विक्री गर्न इच्छुक घरजग्गाधनीले ३५ दिन भित्र शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ । जग्गाको क्षेत्रफल न्यूनतम २५ देखि अधिकतम ४८ आनासम्म हुनु पर्ने कम्पनीको प्रशासन विभागले जनाएको छ ।

कम्पनीको हाल केन्द्रिय कार्यालय शान्त प्लाजा ज्ञानेश्वर काठमाडौंमा रहेको छ ।

Share News