नेप्सेको वेवसाइट २ दिन नचल्ने

  २०७९ चैत १६ गते १८:५५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेवसाइट दुई दिन बन्द हुने भएको छ । प्राविधिक कारण वेवसाइट बन्द गर्नु परेकोले शुक्रबार र शनिवार वेवसाइट बन्द हुने नेप्सेले बताएको हो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्कीका अनुसार तथ्याङ्क माइग्रेट गर्नु पर्ने भएका कारण २ दिन वेवसाइट बन्द हुनेछ । तर, आइतबारदेखि वेवसाइट पूर्ण रुपमा सञ्चालनमा आउने उनले बताए ।

‘नेप्सेको तथ्याङ्क माइग्रेट गर्नु परेको हुँदा समस्या आएको हो, शुक्रबार र शनिबार गरी २ दिन बन्द हुनेछ तर, आइतबारदेखि भने पूर्ण रुपमा सञ्चालनमा आउँछ,’ उनले भने ।

विहीबार साँझदेखि नै नेप्सेको वेवसाइट चलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.