अबदेखि बीमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने

  २०७९ चैत १६ गते १८:१०     विकासन्युज

काठमाडौं । सञ्चालित बीमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन, निर्जीवन र पूनर्बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुले आफ्नो इजाजतपत्र अर्थात लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको हो ।

बीमा ऐन, २०७९ अनुसार उक्त नयाँ व्यवस्था गरिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । जुन बैशाखदेखि सबै कम्पनीहरुलाई लागू हुने भएको छ ।

तर चैत मसान्तसम्मको लागि नवीकरण हुन बाँकी कम्पनीहरुले भने सो अवधिसम्मको लागि नवीकरण गर्नुपर्ने बताइएको छ । साविक बीमा ऐन, २०४९ अनुसार उनीहरुले चैतसम्ममा नवीकरण गरिसक्नु पर्ने कार्यकारी निर्देशक पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.