बैंकहरुले ७२ प्रतिशत लगानी घरजग्गा र सेयरमा गरेका छन् : पवन गोल्यान 

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले बैंकहरुले ७२ प्रतिशत लगानी अनुत्पादक क्षेत्रमा गरेको बताएका छन् । मंगलबार संसदीय अध्ययन तथा विकास संस्थापनले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले बैंकहरुले बाँकी रहेको २८ प्रतिशत पनि कुन क्षेत्रमा लगानी भएको छ भन्ने एकिन हुन नसकेको बताए [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले बैंकहरुले ७२ प्रतिशत लगानी अनुत्पादक क्षेत्रमा गरेको बताएका छन् ।

मंगलबार संसदीय अध्ययन तथा विकास संस्थापनले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले बैंकहरुले बाँकी रहेको २८ प्रतिशत पनि कुन क्षेत्रमा लगानी भएको छ भन्ने एकिन हुन नसकेको बताए । ‘५ वर्षपछि लगानी गरेपनि हुने क्षेत्रमा अहिले पैसा गएर समस्या भयो,’ उनले भने ।

गोल्यानले नेपाल सुनको भाँडो भएपनि सही सदुपयोग गर्न नसकेको बताए । सबैले प्राकृतिक स्रोत साधनको प्रयोगमा जोड दिनुपर्ने उनी बताउँछन् ।

यस्तै, उनले सरकारले पीपीए रोक्दा जलविद्युतका लगानीकर्ता ठूलो घाटामा रहेको बताएका छन् ।

Share News