लघुवित्तलाई पूँजी बजारमा कारोबार गर्न दिएर गलत गरियो : अर्थविद् वाग्ले

<p>काठमाडौं । अर्थविद् अच्युत वाग्लेले लघुवित्तलाई पूँजी बजारमा कारोबार गर्ने दिएर धितोपत्र बोर्डले गलत नितिगत व्यवस्था गरेको बताए । मंगलबार काठमाडौंमा देशको वर्तमान अवस्थाको बारेमा भएको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले यस व्यवस्थाले अहिले पूँजी बजारमा खेल्ने हतियारको रुपमा प्रयोग भइरहेको बताए । यस्तै, उनले विपन्न वर्ग कर्जा बैंकको शाखा कार्यालयबाटै दिने व्यवस्था गर्नुपर्ने [&hellip;]</p>

काठमाडौं । अर्थविद् अच्युत वाग्लेले लघुवित्तलाई पूँजी बजारमा कारोबार गर्ने दिएर धितोपत्र बोर्डले गलत नितिगत व्यवस्था गरेको बताए ।

मंगलबार काठमाडौंमा देशको वर्तमान अवस्थाको बारेमा भएको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले यस व्यवस्थाले अहिले पूँजी बजारमा खेल्ने हतियारको रुपमा प्रयोग भइरहेको बताए ।

यस्तै, उनले विपन्न वर्ग कर्जा बैंकको शाखा कार्यालयबाटै दिने व्यवस्था गर्नुपर्ने बताए । ‘बैंकबाट ७-८ प्रतिशतमा सापटी लिएर १५ प्रतिशतमा कर्जा दिनु सरासर गलत हो,’ उनले भने ।

वाग्लेले अवैध वस्तुहरु बजारमा छ्यापछ्याप्ती भएको बताए । ‘भन्सारमा ३ सय रुपैयाँ देखाएको जुत्ता बजारमा ३ हजार बढीमा बिक्री हुन्छ,’ उनले भने ।

Share News