दुई खर्ब पूँजी भएका सहकारीले ७ खर्बसम्म लगानी गरे : डा. पोखरेल

  २०७९ चैत १४ गते १४:१४     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले दुई खर्ब पूँजी भएका सहकारीले ७ खर्बसम्म लगानी गरेको बताए । मंगलबार काठमाडौंमा देशको वर्तमान अवस्थाको बारेमा भएको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले बैंक, सहकारीको लगानी अनुत्पादक क्षेत्रमा भएको भन्दै नितिगत रुपमा सुधार गरे अहिलेको अवस्था ठिक हुने बताए ।

यस्तै, डा. पोखरेलले वैदेशिक मुद्रा आयतका लागि विविधता गर्न जरुरी रहेको पनि बताएका छन् । ‘रेमिट्यान्स मात्रै भन्दा पनि पर्यटन, आयोजनामा लगानी बढाउनु पर्नेछ, फजुल खर्छ कम गर्न राजनीतिक हस्तक्षेप हुनपर्छ,’ उनी भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.