२०७९ चैत १४ गते १३:५१ विकासन्युज
काठमाडौं । पूर्व राजदूत दिप कुमार उपाध्यायले बैंक तथा वित्तिय संस्थाले ऋण नदिएपछि पिडितहरु मिटरब्याजीसँग ऋण माग्न पुगेको बताएका छन् । मंगलबार काठमाडौंमा देशको वर्तमान अवस्थाको बारेमा भएको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले पिडितहरुलाई मिटरब्याजीले महिनाको ७ प्रतिशत र वर्षको ३६ प्रतिशतसम्म ब्याज लिएको बताए ।
यस्तै, उनले अर्थतन्त्रको अहिले अवस्था ठिक छ भनिरहेका बेला झनै चिन्ताजनक बन्न पुगेको बताए । ‘एउटै व्यक्ति बैंकर, कृषक, उधोगी, व्यावसायी छन्, विभिन्न संस्थाहरुले बैंकमा पूँजी राखेर ब्याज खाने प्रवृत्ति बढेको छ,’ उनले भने ।
उनले फोर्स मर्जर गराएर दिर्घकालमा के फाइदा हुन्छ भन्ने प्रश्न राखे ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.