‘वर्ल्ड हेल्थ डे’को दिन नर्भिकले प्रोस्टेट उपचार प्याकेजमा ३० प्रतिशत छुट दिने

  २०७९ चैत १४ गते १३:०७     विकासन्युज

काठमाडौं । यसवर्षको विश्व स्वास्थ्य दिवस (वर्ल्ड हेल्थ डे) को अवसर पारेर थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ ।

आउँदो चैत २५ गते शनिबारको दिन पारेर नर्भिकले विशेष छुटसहितको जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

यो कार्यक्रममा सहभागी हुनेहरुलाई निःशुल्क यूरिन डिपस्टिक टेस्टको व्यवस्था समेत गरिएको अस्पतालले जनाएको छ । साथै, प्रोस्टेटसम्बन्धी समस्याबाट पीडितको उपचारका लागि अस्पतालमा उपलब्ध प्याकेजमा ३० प्रतिशत भारी छुटको स्किम समेत सार्वजनिक गरिएको छ ।

यसैगरी, सो कार्यक्रममा प्रोस्टेट स्पेशिफिक एन्टीजेन (पिएसए) को परीक्षण शुल्कमा समेत १५ प्रतिशत छुट उपलब्ध हुनेछ । शनिबार बिहान ८ बजेदेखि सो वृहत जनचेतनामूलक कार्यक्रम नर्भिकको नर्सिङ ट्रेनिङ हलमा आयोजना हुने बताइएको छ ।

अस्पतालको अनुसार कार्यक्रममा सहभागीले वरिष्ठ यूरोलोजीस्ट डा. सुनिल श्रेष्ठ र यूरोलोजिष्ट डा. सञ्जिवभक्त बिष्ट नेतृत्वको टिमबाट निःशुल्क परामर्श सेवा तथा जाँचको सुविधा पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.