नेशनल बायोटेकले आइपीओ जारी गर्ने, एनआईबिएल एस क्यापिटलसँग गर्यो सम्झौता

  २०७९ चैत १४ गते १२:५९     विकासन्युज

काठमाडौ‌  । नेशनल बायोटेकले आइपीओ जारी गर्ने भएको छ । यसको लागि नेशनल बायोटेकले एनआईबिएल एस क्यापिटसँग सम्झौता गरेको छ ।

सम्झौतामा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङाना तथा नेशनल बायोटेकका तर्फबाट अधिकृत नुरविन्द्र विक्रम सिजापतिले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा एनआइबिएल एस क्यापिटलले नेशनल बायोटेकलाई सर्वसाधारण सेयर निष्काशन पूर्व कम्पनिले गर्नु पर्ने पुर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्थता तथा परामर्श सेवा प्रदान गर्नेछ । जस अन्तर्गत एनआईबिएल एस क्यापिटलले प्राइभेट कम्पनीलाई पब्लिक कम्पनी रुपान्तरणमा मध्यस्थता गर्ने छ ।

नेशनल बायोटेकले गुणस्तरको जैविक मल दानेदार रूपमा उत्पादन गर्छ । यस कम्पनीले पशु–आधारित जैविक मल, कृषि आपूर्ति, पशु र बोटबिरुवामा आधारित जैविक मलहरू प्रदान गर्दै आइरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.