कृषि विकास बैंकको आज १३ प्रतिशत लाभांश पारित हुँदै

  २०७९ चैत १४ गते ८:०१     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको वार्षिक साधारण सभा मंगलबार बस्ने भएको छ । बैंकको १६ औं वार्षिक साधारण आज चैत १४ गते बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।

बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, बैंकको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्न ३ जना सञ्चालकको निर्वाचन गर्नेछ । यस्तै, सहायक कम्पनी कोष व्यवस्थापन कम्पनी, गोबर ग्याँस र साना किसान विकास लघुवित्तको वित्तीय विवरण पनि पारित गर्नेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन ३० गतेदेखि चैत १४ गतेसम्म बुकक्लोज गरेको थियो । त्यसैले फागुन २९ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सभामा उपस्थित भई लाभांश प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.