महालक्ष्मी विकास बैंकद्वारा छाउपडी प्रथा उन्मूलन योजनामा सहयोग

  २०७९ चैत १३ गते १८:१७     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंकले छउपडि एण्ड मेन्सुरल हेल्थ हइजिन म्योनजमेन्ट प्रोजेक्टलाई सहयाेग गरेकाे छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व एक्सन वर्कस नेपाल एनजिओले संचालन गरेकाे उक्त प्राेजेक्टलाई सहयाेग गरेकाे हाे ।

एक्सन वर्कस नेपालले सुदुरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा जिल्लाका ग्रामीण क्षेत्रहरुमा प्रचलित छाउपडी प्रथा उन्मूलनका प्राेजेक्ट संचालन गर्दै आएकाे छ ।

संस्थाकाे अनुसार छाउपडी प्रथाप्रति रहेको पुरातन विश्वास, मान्यता र प्रचलन विरुद्घ जनचेतना जगाउने र त्यस प्रथाबाट प्रत्यक्षरुपमा प्रभावित बालिका तथा महिलाहरुलाई स्वास्थ्य सेवा तथा पोषणका सम्बन्धमा जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चलित यस योजना बैतडी जिल्लाको दिलासैनी गाँउपालिकामा करिब चार महिना सञ्चालन गरिने छ ।

उक्त योजना अन्तर्गत गाँउपालिकाका विभिन्न वडामा सामाजिक सचेतनाका कक्षाहरु, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधाको प्रयोग गरी पुःन प्रयोग गर्न सकिने सेनीटरी प्याड बनाउने तालिम प्रदान गरिने संस्थाले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.