पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  २०७९ चैत १३ गते १६:५७     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको आयोजनामा पोखरामा वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न भएको छ ।
लर्न सेभ अर्न स्थायी नाराका साथ हरेक वर्ष मार्च महिनामा मनाइने ग्लोबल मनी विकको एघारौ संस्करण प्लान योर मनी, प्लान योर प्युचर भन्ने नाराका साथ बैंकहरुमा मनाइदै छ ।

यसै क्रममा कृषि विकास बैक गण्डकी प्रदेश कार्यालयले कुल विधा सदन नयाँबजार पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा विद्यार्थीहरुलाई बैंकको विकासक्रम, बचत गर्ने बानी, बचतको महत्व र बचतलाई आफ्नो आवश्यकता अनुसार बैंकको विभिन्न किसिमका खातामा जम्मा गर्ने र यसले सकारात्मक प्रभाव पार्न सक्छ ।

बैंकले उपलब्ध गराउने कर्जाका प्रकारहरु र कृषिविकास बैंकले उपलब्ध गराउने निक्षेप तथा कर्जाका किसिमका अतिरिक्त विभिन्न डिजिटल प्रडक्टहरु र त्यसको उपयोगिताका अतिरिक्त वित्तीय अनुशासनका बारेमा पनि विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.