‘अब सवारी लाइसेन्स ७ दिनभित्र पाइन्छ, काठमाडौंका सडकका सबै खाल्डाहरु पुरेँ’

  २०७९ चैत १३ गते १४:३५     विकासन्युज

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले अब सवारी चालकको ७ दिनभित्र लाइसेन्स पाइने व्यवस्था भइरहेको बताएका छन् ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफुले मन्त्रालयको नेतृत्व गरिसकेपछि ७ दिनभित्र लाइसेन्स पाउने गरी गृहकार्य भइरहेको बताएका हुन् । उनले अहिले सवारीधनीहरुले लाइसेन्स पाउन धेरै सकस भइरहेको बताउँदै अब त्यो समस्या नहुने बताएका हुन् ।

यस्तै, उनले अब इम्बोष्ट नम्बर पनि नेपालीमा राख्ने तयारी भइरहेको बताएका छन् । उनले यस विषयमा कार्ययोजना अगाडि बढिसकेको पनि बताएका छन् ।

यस्तै, आफुले मन्त्रालयको नेतृत्व गरिसकेपछि अधिकांश सडकमा रहेका खाल्डाखुल्डीहरु पुरेको बताएका छन् । ‘म मन्त्री भएपछि १५ दिनभित्र काठमाडौं र एक महिनाभित्र देशभरका सबै खाल्डाखुल्डीहरु पुर्ने भनेका थियौं, ती काम भए, अहिले ९० प्रतिशत सडकका खाल्डाखुल्डी पुर्ने काम भइसकेको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.